१. सनातन धर्ममाथि बाह्य आक्रमण बढिरहेको बेला साधुसन्त र सनातनीहरुको गतिविधि यसबीच केही बढिरहेको छ । यताउता यज्ञ पूराणादिको आयोजना भईरहेका छन् । ती आयोजनाभन्दा बेग्लै र फरक किसिमको तथा महत्वपूर्ण आयोजना पोखरामा गत शनिवार भएको थियो । जसमा पोखराका दर्जनौं धार्मिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
२. त्यो आयोजना हो – आद्य जगत् गुरु रामानन्दाचार्य पदविभूषित महायोगी सिद्ध बाबा श्रीवैष्णव १००८ डा.कृष्णदास महाराजजीको नागरिक अभिनन्दन । शनिवार सम्पन्न भएको नागरिक अभिनन्दनका लागि पोखरामा शुक्रराज शर्माको संयोजकत्वमा एउटा छुट्टै नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो ।
३. उक्त अभिनन्दन महायोगी सिद्ध बाबा कृष्णदास महाराजलाई आद्य जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको उपलक्ष्यमा आयोजना गरिएको यो पहिलो हो र ऐतिहासिक पनि हो । त्यसले पोखरामा एउटा छुट्टै उत्साहको सञ्चार गरेको छ ।
४. सोलुखुम्बु जिल्लाको जुगु गाउँमा जन्मेका उनले सुनसरीको चतराधामलाई आफ्नो मुख्य आश्रम बनाएका छन् । उनको मुख्य आश्रम चतराधाम भए पनि उनी नेपालका धेरै मन्दिरहरुका पीठाधीश भएकाछन् । पोखराको नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अन्तर्गत लक्ष्मीनारायण मन्दिरका पनि उनी पीठाधीश हुन् ।
५. उनले अमेरिका, भारत, बेलायत लगायतका स्थानहरुमा आफ्ना पीठहरु संचालन गरेका छन् । उनलाई नेपालभन्दा बाहिर धेरै पूज्य मानिन्छन् । विश्वमा उनका अनुयायीहरुको संख्या लाखौं पुगेको छ । बाह्य देशका लागि उनी नेपालको एक गौरव भएका छन्, पूजनीय व्यक्तित्व भएका छन् ।
६. सिद्धयोगी कृष्णदास महाराजका धेरै विशेषताहरु छन् । सिद्ध महायोगीको ज्ञान प्राप्त गरेका उनले अलौकिक शक्ति प्राप्त गरेका छन् । त्यसैले उनी श्वासप्रश्वास रोकेर जमिनमुनि धेरै दिन बिताउन सक्छन् । त्यो कुरा उनले चतराधाममा मात्र होइन, पोखरामा पनि गरेर देखाइसकेका छन्, उनले विभिन्न यज्ञ महायज्ञ सम्पन्न गरेर आफूलाई धर्मनिष्ठ बनाएका छन् ।
७. आध्यात्मिक ज्ञान गुणलेयुक्त महाराजजी जडीबुटी र आयुवेर्दका ठूला ज्ञाता हुन् । उनले लुप्त भएका धेरै जडी बुटी पत्ता लगाएका छन् । उनको सान्निध्यमा योग ध्यान गर्दा त्यसको प्रभाव र परिणाम नै अर्कै हुन्छ भन्ने साधकहरुको अनुभूति छ । उनले नास्तिक विचारकालाई पनि आस्तिक बनाएका छन् । सनातन धर्ममाथि अतिक्रम भइरहेको बेला यस्ता सिद्धबाबाहरुको सान्निध्य अरु महत्वपूर्ण हुन्छ । यो कुरालाई महसुस गरेर अनुयायीहरुले ठूल्ठूला सार्वजनिक कार्यक्रमहरु राखेर शुद्ध धर्मको प्रचार प्रसार गर्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१