पण्डित मुक्तिनाथ सामाजिक रुपान्तरणका अभियान्ता

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
55600279_372757183319718_2044223777981595648_n

पोखरा, ११ चैत । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पण्डित मुक्तिनाथ सामाजिक तथा सांस्कृतिक रुपान्तरणका अभियान्ता तथा प्रेरणका श्रोत भएको बताएका छन् ।

पोखरामा सोमवार मुक्तिनाथ स्मृति ग्रन्थ लोकार्पण गर्दै उपकुलपति गुरुङले उक्तकुरा बताएका हुन् । कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, शिक्षाविद् जर्जजोन, विन्ध्यवासिनी मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, स्व. मुक्तिनाथका छोरा प्रकाश तिमिम्सिना, दिलवहादुर विक लगायतले मन्तव्य राखेका थिए।

त्यसअवसरमा प्रा.डा. यामवहादुर पौडेल क्षत्रीले कृतिमाथि तथा साहित्यकार भूपनिधि पन्तले मुक्तिनाथको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

प्रतिष्ठानका अध्यक्ष मोहनवहादुर थापा संयोजनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव शालिग्राम भट्टराईले स्वागत तथा भीमवहादुर गायकले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै