पोखरा, ९ चैत । विवेकशील साझा पार्टी कास्कीले आफ्ना अभियन्ता र अगुवाहरुलाई प्रशिक्षण दिएको छ ।
लोककल्याणकारी समाजको परिकल्पना गर्नेहरुका लागि प्रशिक्षण आवश्यक रहेकोले आफ्ना पार्टीसँग सम्बन्धित व्यक्तिहरुलाई प्रशिक्षण दिईएको पार्टीले जनाएको छ ।
पोखरामा भएको प्रशिक्षण कार्यक्रममा उत्प्रेरक समेत रहेका विवेकशील साझा पार्टीका केन्द्रीय प्रशिक्षण विभाग सदस्य बिकल शेरचनले सहभागीहरुलाई सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टीका ६० भन्दा बढि अभियन्ता तथा अगुवाहरु सहभागी थिए ।
‘परिकल्पनादेखि यथार्थसम्म’ शीर्षकमा उत्प्रेरक शेरचनले बोल्दै परिकल्पना र यथार्थ आपसमा धेरै फरक रहेको सुनाए । ‘परिकल्पना निकै राम्रो छ । तर यथार्थ धेरै फरक छ । परिकल्पना र यथार्थबीचको यो दुरी घटाउनलाई अगुवाहरु नै प्रशिक्षित हुन आवश्यक छ ।’ शेरचनले भने ।
उनले पार्टीको मुल्यमान्यतालाई निजी जीवन र परिवारमा पनि लागु गर्नुपर्ने उनले सुझाए । सुसँस्कृत राजनीति परिवारबाटै शुरु हुने भएकोले वैकल्पिक राजनीति गर्नेहरुले यो कुरालाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय युवा संगठन सँयोजक अब्दुस मियाँले युवापुस्ता मुलधारको राजनीतिमा आउनुपर्नेमा जोड दिए । ‘राजनीतिलाई शिक्षालयको घेराभित्र राखेर मात्रै हुँदैन । अब युवापुस्ताले मुलधारकै राजनीतिमा आफूलाई स्थापित गराउन सक्नुपर्छ ।’ २३ वर्षीय युवा नेता मियाँले भने ।
कार्यक्रममा नेशनल इन्स्टिच्युट फर लिडरशीप डेभेलपमेन्ट प्रालिका कार्यकारी निर्देशक उषा मल्ल सिंहले अहिले राजनीतिमा रहेका व्यक्तिहरुमा नेतागिरी भएपनि नेतृत्व क्षमता भने नभएको बताईन् । विशेष समयमा पाहुना वक्ताको रुपमा बोल्दै मल्लले विवेकशील साझा पार्टीका अगुवाहरुले राजनीतिक नेतृत्व क्षमताको अभाव पुर्ती गर्नुपर्ने सुझाव दिईन् ।
कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीसँगै जिल्लास्तरीय अभियन्ता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
विवेकशील साझा पार्टी कास्कीको नियमित कार्यक्रम अन्तरगत यो कार्यक्रम भएको थियो । पार्टीले पोखरामा प्रत्येक हप्ता अभियन्ता तथा अगुवाहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको विवेकशील साझा पार्टी कास्कीका अभियान विभाग सँयोजक दीपक पौडेलले जानकारी दिए । हरेक हप्ता यस्तो कार्यक्रम हुँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१