वैशाखको पहिलो सातादेखि राष्ट्रिय खेलकूद प्रतियोगिता

रासस
चैत्र ८, २०७५
Khelkutd8355

भद्रपुर, ८ चैत । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति सरेको जनाएका छन् ।

मन्त्री विश्वकर्माले अगामी वैशाखमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका छन् । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधीन दोस्रो कभर्डहलको निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले वैशाख पहिलो सातादेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले उद्घाटनको मिति तोक्ने उनले बताए । बाँकेस्थित नेपालगञ्ज रंगशालामा प्रतियोगिता सञ्चालन हुने यसअघि नै निधो भइसकेको छ । ‘चैतको तेस्रो सातादेखि प्रतियोगिता शुरु गर्ने योजना बनाएका थियौँ,’ मन्त्री विश्वकर्माले भने, ‘रंगशालामा प्यारापिटलगायत आवश्यक पूर्वाधार निर्माण सम्पन्न हुन ढिलाइ हुँदा मिति परिवर्तन गर्नुपरेको हो ।’

Related News

सम्बन्धित समाचार

hero news full width