हातेमालो नागढुङ्गामा आमा समूहको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
hyalmo_Fotor

पोखरा,  ६ चैत। पोखरा महानगरपालिका वडा ८ स्थित हातेमालो नागढुङ्गा आमा समूहले फागुपूर्णिमाको अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

कार्यक्रममा आमा समूहका सदस्यको सहभागिता थियो।

त्यस अवसरमा काँग्रेस नेतृ सरस्वती गुरुङ र नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देललाई सम्मान गरिएको थियो।

हातेमालो आमा समूहकी अध्यक्ष गीता पँगेनी पौडेल,  सचिव मीना ढकाल लगायतले उनीहरुलाई माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा काँग्रेस नेता वीरेन्द्रनारायण बिजुक्छे,  नेतृ सरस्वती गुरुङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले मेलमिलाप र एकताको अहिलेको आवश्यकता भएकोमा जोड दिएका थिए।

हातेमालो नागढुङ्गा आमा समूहकी अध्यक्ष गीता पँगेनी पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव मीना ढकालले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width

Recent Posts

भर्खरै