एएफसी (यु–२३) च्याम्पियनशिप नेपाली फुटबल टोलीको बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७५
NEPAL-1

काठमाडौँ, ६ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कतारको दोहामा हुने एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनशिपको छनोट खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

एन्फाद्वारा काठमाण्डौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा पदाधिकारीलगायतले सहभागी २३ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अञ्जन विष्ट, विकास खवास, एरिक विष्ट, अर्पण कार्की, असिम भुसाल, बिमल घर्तिमगर, विश्वास श्रेष्ठ, अनन्त तामाङ, गौरव बुढाथोकी र हेमन्त थापा छन् । त्यसैगरी दिनेश राजवंशी, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनील बल, तेज तामाङ, छिरिङ गुरुङ, नितीन थापा र दीप कार्की छन् । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् भने सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ छन् ।

सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिपका लागि हुने उक्त छनोट प्रतियोगिता यही चैत ८ देखि १२ गतेसम्म हुनेछ । छनोटमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छ ।

नेपालले पहिलो खेल यही चैत ८ गते ओमानसँग खेल्नेछ भने दोस्रो चैत १० गते कतार र अन्तिम खेल चैत १२ गते अफगानिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिपमा सहभागी हुने अवसर पाउनेछ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width