विश्व सितोरियो करातेमा नेपाललाई दुई पदक

रासस
चैत्र ४, २०७५
japan Boxing

काठमाडौँ, ४ चैत । जापानमा जारी नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले दुई पदक जित्न सफल भएको छ ।

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्तले रजत पदकमै चित्त बुझाए । नेपालले सितोरियो करातेमा विश्व च्याम्पियनसिपमा जितेको यो नै अहिलेसम्मको ठूलो पदक हो ।

यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो । यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएका थिए ।

यसैगरी, ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन् । विजयले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराएर पदक जितेका हुन् । त्यसअघि, उनले प्रिक्वाटरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए ।

यस्तै, क्वाटरफाइनलमा हङकङका खेलाडीसँग २–२ को बराबरी खेलेका थिए । प्रतियोगितामा ३९ देशका करीब १२ सय खेलाडीले भाग लिएका छन् । सितोरियो विश्व च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै