महिला साफ फुटबलमा भारत समूह ‘बी’ को विजेता

नारायण शाही
चैत्र ४, २०७५
Rss_Images_1552835853147_RSS_Biratnagar_03172019_brt-3 c (1)

पोखरा, ४ चैत । पाँचौँ साफ महिला फुटबलअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० ले पराजित गरेको छ । विराटनगरको सहिद रंगशाला भारत विजयी भई समूह विजेता बनेको छ ।

भारतको जीतमा ग्रेस दाङमेई, सन्धिया रंगनाथन, इन्दुमती कथेरेसन, संगीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेमले गोल गरिन् । दाङमेईको गोलबाट खेलको चौथो मिनेटमा नै भारतीय टोलीले अग्रता लिएको थियो । दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । पहिलो गोल भएको तीन मिनेटपछि भारतकी खेलाडी रंगनाथनले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाइन् ।

यसैगरी, खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसन गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने ४४ मिनेटमा वस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० ले अग्रता दिलाइन् ।

आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलंकाबीच सेमिफाइनल खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width