मुक्तकसङ्ग्रह ‘स्पन्दन’ लोकार्पण

एजेन्सी
फागुन २९, २०७५
muktak

पोखरा, २८ फागुन । मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तकसङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण भएको छ । नेपाली लेखक संघ, कास्कीद्वारा आयोजित समारोहमा साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सो मुक्तकसंग्रह लोकार्पण गरे ।

प्रमुख अतिथि श्रेष्ठ साहित्यले कहिल्यै पनि अरू हिँडेको बाटोमा हिँड्न नचाहने र आफ्नो बाटो आफैँ निर्माण गरेर गन्तव्यमा पुग्ने बताए । लेखन अग्रज साहित्यकारहरूको प्रभाव ग्रहणबाटै अगाडि बढ्ने र आफ्नो परिचय लेखनबाटै निर्माण गर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक प्राडा विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताए । जति सूक्ष्म आयामको रचना लेखिन्छ उत्तिकै कठिन साधनाको आवश्यकता पर्ने बताउँदै जति सानो खाडल खनिन्छ, उति नै माटो झिक्न गाह्रो हुने उल्लेख गरे । लेख्नु र राम्रो लेख्नु फरक रहेको बताउँदै मुक्तक लेखनमा अभिधा भन्दा लक्षणा र व्यञ्जनापूर्ण अभिव्यक्ति आवश्यक औँल्याए । नेपाली लेखक संघका केन्द्रीय सदस्य सूर्य लाकोजूले साहित्यमा क्लिष्टता उपयुक्त नहुने र सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य हुने कुरा बताए । निरन्तरको लेखनले नै स्रष्टालाई सक्षम तुल्याउने बताउँदै उनले प्रकाशनले व्यक्तिलाई परिपक्वता प्रदान गर्ने कुरा उल्लेख गरे ।

नेपाली लेखक संघ, कास्कीका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष सञ्जय न्यौपाने ‘प्राञ्जल’, कृतिका स्रष्टा ध्रुवकृष्ण ताम्राकारलगायतले मन्तव्य रााखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै