काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

रासस
फागुन २२, २०७५
1500449123-681×448


गोरखा, २२ फागुन । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो ।

गएको १०÷१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन् । गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने —काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छाै ।
अहिले दरबारको जग निर्माणको काम सकिएकाले इलम ढुङ्गामा थाम राख्न तयारी गरेको भए पनि काठ अभाव भएपछि निर्माणकार्य अवरुद्ध भएको हो । थामका लागि साइजअनुसारको काठ नपाएपछि काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिए ।

पुनःनिर्माणका लागि सम्झौता भएको १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न छैन । पटकपटक काम स्थगित हुँदा तोकिएको समयमा निर्माण सम्पन्न गर्न समस्या हुने देखिएको निमित्त प्रमुख कट्टेलको भनाइ छ । राष्ट्रिय पुरातत्व विभागले विसं २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी पुस महीनादेखि काम अघि बढाएको थियो ।

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म धेरै पटक निर्माणकार्य रोकिएको उनले बताए । कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्या लगायतका कारण देखाउँदै काम रोकिने गरेको छ, कट्टेलले भने ।अहिले फेरि काठ अभाव भयो भनेर काम रोकिएको छ । तत्कालका लागि दरबार पुनःनिर्माण क्रममा अहिले छ÷चार साइजको काठ आवश्यक परेको भन्ने ठेकेदारको भनाइ छ ।

थाम राख्नका लागि मात्र कम्तीमा १०० क्युफिट काठ आवश्यकता पर्ने उनले बताए । गएको एक हप्ता अगाडि नै एक÷दुई दिनभित्रमा आउँछ भन्ने जानकारी पाएको भए पनि अहिलेसम्म काठ नआएको निमित्त प्रमुख कट्टेलको भनाइ छ ।

भनेका बेलामा काठ पाउन गाह्रो हुँदोरहेछ, निमित्त प्रमुख कट्टेलले भने —ठेकेदारले टिम्बर कर्पोरेशनलाई आग्रह गरेको भए पनि समयमा उपलब्ध हुनसकेको छैन । उनले दरबार पुनःनिर्माणका लागि काठ अभाव भएपछि डिभिजन वन कार्यालय गोरखालाई समेत सहयोगका लागि आग्रह गरेको बताए ।

पुरातत्व विभागले विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब चार करोड ३७ लाख लागतमा पुनःनिमार्ण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पोमा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै