बुटवलमा लोक दोहोरी सांस्कृतिक महोत्सव

एजेन्सी
फागुन २०, २०७५
Lok Dohori, Butwal_Fotor

बुटवल १९ फागुन । पाचौं खुल्ला रनिङशील्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव बुटवलमा सुरु भएको छ। काठमाण्डौमा भैरहने सांस्कृतिक महोत्सव काठमाण्डौबाहिर बुटवलमा पहिलो पटक आयोजना गरिएको हो। बुटवलको बुटवलमण्डपमा महोत्सवको शुरु गरिएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र प्रतिष्ठान रुपन्देहीको सह–आयोजनामा सात दिनसम्म चल्ने महोत्सवको प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष न्यौपानेले सांस्कृतिक महोत्सवले लोक संस्कृतिको संरक्षण तथा जगनेर्नामा सहयोगी बन्ने बताए ।

उनले लोक संस्कृतिको संरक्षणमा राज्यले ध्यान दिन आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहाकार खिमबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक गरौंजा, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी, गीता सारुमगरलगायतले बोलेका थिए ।

सांस्कृतिक गतिविधिबाट नेपालको लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार, उत्कृष्ट गायिका र गायकको लागि १५ हजार राशीको पुरस्कारको व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width