काठमाण्डौ, १५ फागुन । सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले बुधवारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका छन् । डाक्टरहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् ।
देशैभरीका अधिकाशं अस्पतालहरुले ओपीडीको टिकट काटिएका छैनन्, आकस्मिक सेवा मात्र संचालनमा छन् । कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
यसअघि उनीहरुले धर्ना, ¥यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ । सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘हाम्रा माग सम्बोधन गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकियो तर सरकारी पक्षबाट कुनै रेस्पोन्स आएन । त्यसैले पूर्वघोषित कार्यक्रम अनुसार, सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हौं ।’
वीर अस्पतालको ओपीडी कक्षमा टाँसिएको सूचनामा लेखिएको छ– चिकित्सकहरुको वैज्ञानिक एवं व्यवहारिक समायोजनलगायतका लागि महिनौंको पहल पश्चातसमेत हाम्रो जायज आवाज नसुनिएपछि हामी चिकित्सकहरु यही अवस्थामा सेवा दिन असमर्थ भएका छौं ।
बिरामीलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै सूचनाको अन्त्यमा लेखिएको छ– आजको सानो दुःखले भोलिको चिकित्सा सेवामा सुधार ल्याउने छ ।’ सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१