चिकित्सा रसायन शास्त्र संघकाे सम्मेलन पोखरामा

आदर्श समाज संवाददाता
फागुन १३, २०७५
telemedicine


पोखरा, फागुन १३ । नेपाली चिकित्सा रसायन शास्त्र संघको तेस्रो वार्षिक सम्मेलन पोखरामा हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा देश र विदेशबाट झण्डै तीन सय बढी चिकित्सा रसायन शास्त्रसँग सम्बन्धित अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थी सहभागि हुनेछन् ।

यही फागुन १८ र १९ गते सम्मेलन हुने छ । चिकित्सा रसायन शास्त्रको प्रबद्र्धन गर्दै त्यसको उच्चतम अभ्यास मार्फत जनस्वास्थ्य सम्बन्धि समस्या निदानमा अभिप्रेरित गर्ने सम्मेलनको लक्ष्य रहेको आयोजक समितिका सचिव एवं मणिपाल शिक्षण अस्पताल जीव रसायन शास्त्र विभागका प्राडा. दयाराम पोखरेलले जानकारी दिए ।

अनुसन्धानकर्ताहरुले अध्ययन सहित पत्ता लगाएका चिकित्सा रसायन शास्त्र सम्बन्धि नया ज्ञान, प्रविधि र सीपहरु र तिनको समुचित प्रयोगबाट कसरी मानवस्वास्थ्यमा देखिएका समस्याहरुको निदान गर्न सकिन्छ भन्ने बारे विभिन्न कोणबाट छलफल हुनेछ पोखरेलले भने ।

भारत, थाइल्याण्ड, मलेसिया र नेपालकै गरी ६ जना आमन्त्रित विशिष्ट प्राध्यापक र अनुसन्धानकर्ताहरुले समेत सम्मेलनमा आ–आफ्ना धारणा राख्ने छन् । सम्मेलनमा नेपाल र भारतका प्राध्यापक, अनुसन्धानकर्ता, प्रशिक्षार्थी गरी ३२ जनाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्राडा. दयाराम पोखरेलले जानकारी दिए ।

सुक्ष्म जैविक संक्रमण, वंशानुगत कारण र कोशिका भित्र हुने असामान्य गतिविधिले मानव शरीरका तरल पदार्थहरु जस्तै रगत, पिसाब, रयाल इत्यादिमा उत्पन्न हुने रासायनिक परिवर्तनको कारण पत्ता लगाई उपचार विधिमा सहज बनाउने आधुनिक स्वास्थ्य उपचार पद्धतिको महत्वपूर्ण भाग हो ।

समयअनुसार मानिसहरुमा देखिने अनेकौं लक्षणहरुको समयमै निदान खोज्न रसायन शास्त्रका अनुसन्धानकर्ताहरुले नयाँनयाँ अन्वेषण गरिरहेका हुन्छन् । चिकित्सा रसायन शास्त्रको क्षेत्रमा कार्यरत वैज्ञानिक एवं प्राध्यापकहरुको खोज, अन्वेषणलाई व्यवस्थित गर्न एवं उनीहरुको व्यवसायिक हक हित समेत सरक्षण र सुनिश्चित गर्नको लागि सन् २०१४ मा चिकित्सा रसायन शास्त्र संघको स्थापना भएको प्राडा. पोखरेलले जनाए ।

राजर्षी जनक विश्वविद्यालय जनकपुरका उपकुलपति प्रा. भरत झा संघको अध्यक्ष छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सहयोग गर्न समेत सम्मेलन पोखरामा आयोजना गरिएको आयोजक समितिले जनाएको छ । दुईदिनसम्म चल्ने सम्मेलन फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा आयोजना हुँदै छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width

Recent Posts

भर्खरै