संगीत प्रशिक्षण केन्द्रमा पुनः विजुक्छे

एजेन्सी
फागुन १३, २०७५

पोखरा, १२ फागुन । संगीत प्रशिक्षण केन्द्रको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः गौतम विजुक्छे चयन भएका छन् । प्रशिक्षण केन्द्रको २८ ओं साधारणसभा तथा १४ अधिवेशनले विजुक्छेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

संस्थाको अन्य सदस्यहरुमा माधव पराजुली, श्यामलाल श्रेष्ठ, कालिचरण पराजुली, धनबहादुर गायक, स्नेहा गुरुङ, प्रेम कर्माचार्य, सुरेन्द्र गुरुङ, राजेन्द्रबहादुर प्रधान, उमेश सिके र महोदत्त काफ्ले (एमडी) छन् ।

कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष सुरेन्द्रमान बिजुक्छेलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेको थियो । संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै सल्लाहकार श्रेष्ठ, सम्मानीत बिजुक्छे, भैरव सांस्कृतिक समितिका अध्यक्ष तिर्थमान प्रधानांग र पोखरा महानगरपालिका कार्यबाहक अध्यक्ष एवं वडा नं २ अध्यक्ष गोमा सुबेदीले बधाई एवं शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका अध्यक्ष गौतम बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष माधव पराजुलीले स्वागत गरेका थिए ।

समितिको ११ सदस्यीय सल्लाहकार समितिमा तिर्थ श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, हेमराज रेग्मी, पवित्रराज रेग्मी, सनकमान बटाजु, कृष्णमोहन श्रेष्ठ, शम्भु कार्की, रामभुषण पराजुली र रामेश्वर मल्ल, वडा नं.२ अध्यक्ष पदेन सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै