खेलकूद पर्यटन प्रवद्र्धनको मुख्य आधार : मन्त्री अधिकारी

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७५
Rabindra Adhikari

स्व. रवीन्द्र अधिकारी । फाइल फोटो ।

पोखरा, ९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले खेलकूद पर्यटन प्रवद्र्धनको मुख्य आधार भएको बताएका छन् ।

विहिबारदेखि पोखरामा शुरु भएको १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे । पोखरा रंगशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रकृया अगाडि बढाएको मन्त्री अधिकारीको भनाई थियो । मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।

उनले सरकारले संघीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढानुको साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिदै आएको उल्लेख गरे । अव मुलुक समृद्धितर्पm उन्मुख भएको मन्त्री अधिकारीको धारणा थियो ।

वर्तमान सरकार गठन गर्दा दुई प्रतिशत काम भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल एक बर्षको अवधिमा २८ प्रतिशत काम भई सकेको मन्त्री अधिकारीले जानकारी दिए । तोकिएको समय भन्दा छ महिना अघि पोखरा विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने दावी गरे । मन्त्री अधिकारीले पोखराको अन्तराष्ट्रिय विमानस्थल सन् २००० सम्ममा विमानस्थल निर्माण सम्पन्न हुने २०२१ जनवरीमा परीक्षण उडान गरि फेब्रुअरीदेखि सञ्चालनमा आउने उल्लेख गरे । उनले यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width