फुटबल प्रतियोगिताको तयारी

आदर्श समाज संवाददाता
फागुन ८, २०७५
bhujung


लमजुङ, ८ फागुन । लमजुङमा शिवरात्री मेलाका अवसरमा १५औँ लागीगुँरास फुटबल कप प्रतियोगिताको तयारी गरिएको छ । लालीगुँरास युवा क्लब भुजुङले बुधबार बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २० गतेदेखि उक्त प्रतियोगिता हुने जानकारी दिएकोे हो ।

क्ब्होँलासोथार गाउँपालिका– ४ भुजुङमा ग्रामीण पर्यटन प्रर्वद्धनका लागि लमजुङको पर्यटकीय गाउँ भुजुङमा १५ औँ लालीगुरास फुटबल कप २०७५ प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष नौराज गुरुङले बताए । उनका अनुसार ‘ग्रामीण पर्यटन गाउँ भुजुङ जाऔँ, १५औँ लालीगुँरास फुटबल कप– २०७५ मा रमाऔं’ भन्ने नाराका साथ महाशिवरात्री पर्वको अवसरमा फुटबल प्रतियोगिताका साथमा छेलो र विविध सांस्कृतिक प्रस्तुति सहितका कार्यक्रम गरिने तयारी गरिएको छ ।

फुटबल प्रतियोगिताले पर्यटनको प्रर्वद्धनमा सहयोग पुग्ने हुँदा फुटबल प्रतियोगीताको आयोजना लालीगुँरास युवा क्लबका अध्यक्ष नौराज गुरुङले बताए । उनका अनुसार त्यसका साथमा अन्य कार्यक्रम पनि गरिने भएको छ । यो वर्ष कृषि मेलाको समेत कार्यक्रम थप भएको उनको भनाई छ ।

भुजुङ गाउँमा गुरुङ संस्कृति र कृष्ण चरित्र नृत्य पर्यटकको मुख्य आर्कषण हो । भुजुङ गाउँमा १८ घरमा होमस्टे सञ्चालन हुँदै आएको र यही प्रतियोगिताका अवसरमा थप ६ घरमा होमस्टे सेवा विस्तार गर्ने तयारीमा रहेको लागीगुँरास युवा क्लब भुजुङका सचिव यम बहादुर गुरुङले बताए ।

उनका अनुसार सो प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५ रुपैया, स्वर्ण पदक र लालीगँुरास कप, दोस्रो हुने टिमलाई ५० हजार ५ रुपैयाँ, रजत पदक र लागीगुँरास कप पुरस्कार राखिएको छ । यसैगरी, सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टिमलाई १०÷१० हजार रुपैयाँ र प्रमाण पत्र तथा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई जानही पाँच हजार र मेडल प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै