पोखरा, ६ फागुन । नाट्टा गण्डकी प्रदेशले आफ्ना मातहत सदस्यका लागि टिकट बुकिङसम्बन्धी पोखरामा तालिम दिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश निर्देशक मणिराज लामिछानेले तालिम उद्घाटन गदैर्र् व्यवसायीहरु प्रविधिमैत्री बन्नुपनेर्मा जोड दिए।
सेभर नेपालका बजार तथा तालिम व्यवस्थापन संयोजक आकृति ताम्राकारले तालिमको सहजीकरण गर्दै कार्यालयमै बसेर संसारका जुनसुकै ठाउँका लागि टिकट बुक गर्न सक्ने बताइन्।
सेभर नेपालका प्रबन्ध निर्देशक उदयकिरण शुक्लाले पोखरामा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थलको प्रसंग जोड्दै आगामी दिनमा पोखरामा पर्यटन विकासको थप सम्भावना रहेको बताए।
सेभर नेपालको सहयोगी, नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको तालिममा ३३ जनाको सहभागिता रहेको थियो।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको तालिम समापनमा तालिम संयोजक कुलचन्द्र शर्माले स्वागत र महासचिव हरिराम अधिकारीले सञ्चालन गरेका थिए।
तीन दिनसम्म चलेको तालिममा नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देल, द्वितीय उपाध्यक्ष झवि अधिकारी लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए।
प्रशिक्षार्थी रमेशकुमार थापाले तालिम लाभदायी रहेको बताउँदै आगामी दिनमा पनि नाट्टाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१