पोखरा म्याराथन तयारी तीव्र

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
marathon_Fotor

पोखरा, २ फागुन। १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन सफल पार्न तयारी तीव्र पारिएको  छ।

आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिता सफल पार्न २६ उपसमिति गठन गरी तयारी तीव्र पारेको बताए।

गुरुङले ३ सय ५७ वटा संघ–संस्थासंग समन्वय गरी तयारी तीव्र पारिएको जानकारी दिए ।

म्याराथन दौडले पोखराका १७ वडालाई  समेटेको र ती वडाको अध्यक्षहरुले समेत दौडलाई सहयोग गरेको उनले बताए। दौडमा जापान, चीन, फ्रान्स सहितका युरोपका समेत धावकले सहभागिता जनाउने छन्।

४२ किलोमिटर दुरीलाई १२ भागमा विभाजन गरी एम्बुलेन्स सहितको स्वयंसेवकको व्यवस्था समेत गरिएको छ।

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले यसपटक प्रविधिमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए।

प्रतियोगिताबारे विहीवार सञ्चारकर्मीसँग छलफल गरिएको र सञ्चारकर्मीले दौड सफल पार्न आफूहरुको सहयोग रहने बताएका थिए।

सफल दूधको मुख्य प्रायोजनमा फागुन ७ गते पोखरामा म्याराथन हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै