१. केही वर्षदेखि १४ फेबु्रअरीलाई ज्यादै उत्साहका साथ प्रतीक्षा गर्ने गरिएको छ । १४ फेबु्रअरी त्यो दिन हो, जुन दिनमा दुईटा महत्वपूर्ण संयोग जुरेका छन् । दुईटा महत्वपूर्ण संयोग जुरेकाले अरु दिनको भन्दा यस दिवसको महत्व अलि छुट्टै र विशेष किसिमको छ । त्यसैकारण यो दिवस मान्नेहरुको संख्या अप्रत्याशित रुपले बढ्दै गएको छ ।
२. १४ फेबु्रअरीलाई पश्चिमाहरुले धेरै पहिलेदेखि भ्यालेन्टाइन डेको रुपमा मनाउदै आएका छन् । “भ्यालेन्टाइन डे” अर्थात् प्रणय दिवसको रुपमा मान्नेहरुको संख्या प्रत्येक वर्ष बढ्दै छ । हिजो पहिला पश्चिमा देशहरुमा सीमित भएको यो दिवस सात समुद्र पार गरेर एशियामा पनि आएको छ ।
३. केही वर्ष पहिले देखि यसले नेपालमा पनि प्रवेश पाएको छ । शुरुमा काठमाडौंमा केन्द्रित यो दिवस मान्ने चलन ठूला बडा शहरहरुमा फैलिएको छ । अहिले त गाउँघरतिर पनि प्रणय दिवसको प्रभाव प्रष्ट देख्न थालिएको छ । प्रणय दिवस युवायुवतीहरुसँग सम्बन्धित छ । त्यसैले यसको प्रचारप्रसार बढ्दै गएको छ ।
४. युवा युवतीहरुले यस दिवसको उपलक्ष्यमा सातपत्र भित्र हृदयमा रहेको आफ्नो प्रेम प्रस्फुरण गर्ने गर्दछन् । आफुले चाहेकालाई गुलाफको फूल लगायतका प्रतीकात्मक रुपमा उपहार दिएर आफ्नो मनको चाहना प्रकट गर्ने गर्दछन् । केही समय पहिले उपहार आदि प्रदान गर्ने काम अप्रत्यक्ष रुपले गर्ने गर्दथे भने अहिले त्यो काम खुल्लम खुल्ला हुने गर्दछ ।
५. यसरी खुल्लमखुल्ला प्रेम प्रकट गर्ने कामलाई कतिपयले अश्लील भन्दै यो पश्चिमी संस्कृतिले हाम्रो संस्कृतिलाई अतिक्रमण गरेको रुपमा व्याख्या गर्ने गरेका छन् । भारतका कट्टर हिन्दुवादी भारतीय जनता पार्टीका कार्यकर्ताहरुले युवायुवतीहरु पार्क आदिमा साथ साथ बसेकोलाई पनि सैह्य मान्दैनन् । उनीहरुको विरोधका बाबजुद पनि यो फैलिँदैछ ।
६. यसको अतिरिक्त, आजको दिनलाई “अन्तराष्ट्रिय पुस्तक उपहार” दिवसको रुपमा पनि मनाउने गरिन्छ । सन् २०१२ मा अमेरिकी नागरिक ब्लगरएभी ब्रोडमुर र उनको छोराले जतिसक्यो छिटो मानिसहरुको हातमा पुस्तक पुर्याउने उद्देश्य राखेर यो दिवस मान्ने गरिरहेको थियो । विगत पाँच वर्षदेखि विविध कार्यक्रम राखेर यो दिवस मान्ने गरिएको छ । यसले पढ्ने संस्कृतिको विकास गरेको अनुभव गराएको छ ।
७. दुई दुुई ओटा महत्वपूर्ण संयोग परेकोले आजको दिनको महत्व त्यसै पनि ठूलो छ । अन्तराष्ट्रिय पुस्तक उपहार दिवसका सम्बन्धमा कुनै विवाद छैन । यसले निश्चय नै पढ्ने संस्कृतिको विकास गर्दछ । जहाँसम्म प्रणय दिवसको सवाल छ । यसमा केही विवादहरु छन् । त्यसलाई युवायुवतीहरुले पनि महसुस गर्नु पर्दछ । उपहार आदि दिने जुन काम यस दिवसमा हुन्छ, त्यसलाई शिष्टाचारसम्मत किसिमले तथा उत्ताउलोपनको छनक नआउने किसिमले सम्पादन गरिएमा त्यो सबैका लागि पाच्य हुन सक्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१