१. भेनेजुएला प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु प्रधानमन्त्री के.पी.ओली र पुष्पकमल दाहालले परस्परमा विरोध गर्न थालेका छन् । अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर भनी अमेरिकातिर आक्रामक किसिमले औँला ठड्याएका छन् भने अर्का अध्यक्ष ओलीले स्लीप अफ द टङ भन्दै अध्यक्ष दाहालले त्यसो नगर्नु पर्ने भनी टिप्पणी गरेका छन् ।
२. तर अध्यक्ष दाहाल त्यसलाई स्लीप अफ द टङ भन्न चाहँदैनन् । उनले जारी गरेको विज्ञप्तिको हुबहु विचार परराष्ट्र मन्त्रालय र पार्टीको सचिवालयले पनि जारी गरिसकेकाले आफनो विचार नै पार्टीको विचार भएको जिकिर गर्दै छन् । प्रधानमन्त्री ओली भने नराम्ररी फँसेका छन् । ती दुई अध्यक्षको विवाद चर्कदै गएको छ ।
३. अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीप्रति आक्रामक ढंगले प्रस्तुत भएका छन् । अझसंम सरकारको बचाउ गर्दै आएका उनी अहिले ठीक युटर्न अवस्थामा पुगेका छन् । अब दुई जना अध्यक्ष दुइतिर फकेर्पछि पार्टीका अरु नेता र कार्यकर्ताहरु अन्यौलग्रस्त भएका छन् । पूर्व माओवादीहरु नेताहरु भने खुलेरै दाहालका विचारको समर्थनमा उत्रेका छन् ।
४. प्रधानमन्त्री ओली भने एक्लै घोडा चढेर दौडिरहेकाजस्ता देखिएकाछन् । उनले अनेक सपना बाँडिरहेका छन् । तर उनको कामकुराको आलोचना उनकै पार्टीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधव नेपालले संसदको रोष्ट्रमबाटै गरेका थिए भने निकटका सहयोगी वामदेव गौतमले कडा असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
५. सरकारले जेजसरी काम गरिरहेको छ , त्यसबाट पार्टीका नेताहरु सन्तुष्ट छैनन् । दुई पार्टीहरु एकीकृत भएको घोषणा गरिएको महिनौँ दिन भएर पनि पार्टीको तल्लो तह त्यसरी बनाउन सकिएको छैन । ३ महिनामा गर्ने भनिएको काम नौ महिना भइसक्दा पनि पूरा भएको छैन । त्यसमा उत्तिकै जटिलता देखिएको छ ।
६. गणितीय हिसावले सरकार दुई पार्टीको छ । तर त्यसको काम गराई त्यस्तो छैन । वाइड बडी जहाज खरिदमा अनियमितता भएको सम्बन्धमा त्यसले न लेखा समितिको निर्णय स्वीकार्न सकेको छ , न कि आफैले गठन गरेको समितिलाई नै काम गर्न दिएको छ । ४५ दिनको म्याद दिएर गठित समितिको म्याद समाप्त हुनलागेको छ । तर समितिले काम गरेको छैन ।
७. यस्तो वेलामा सत्तारुढ पार्टीका दुई अध्यक्ष दुईतिर फर्कनुलाई राम्रो मानिँदैन । भेनेजुएला प्रकरणले स्थिति अरु विगारेको छ । भेनेजुएलाको स्थिति राम्रो होस् भन्नु एउटा कुरा हो , त्यसमा सदाशयता राख्नु एउटा कुरा हो तर भेनेजुएलाको नाममा नेपाल बिगार्नु भएन । दुई अध्यक्षको विवाद हुनु सत्तारुढ पार्टीको लागि राम्रो स्थिति हुन्छ भन्न सकिँदैन । त्यसलाई छिटै सुधार्नु पर्दछ । नेताहरु यसमा गम्भीर हुनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१