सडकमा भ्वाङ् पर्दा यातायात अवरुद्घ

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
road hole

हेमजा, २४ माघ । हेमजा मेलबोटस्थित माछापुच्छे« गाउँपालिका जाने सडकका विहीवार दिउँसो भ्वाङ् परेपछि करीब २ घण्टा यातायात अवरुद्घ भएको छ । डोजर सहायताले सो भ्वाङ् पुरेपछि यातायात सुचारु गर्नुपर्यो । सो सडकखण्डमा अझै पनि स–साना भ्वाङ भने अझै देख्न सकिन्छ । उक्त बाटोसँगै घर जोडिएका महेश केसीले भ्वाङ परेसँगै आफ्नो घर तथा बाटो जोखिममा परेको बताए ।

उनले चार/पाँच दिन अघि पनि सो ठाउँमा त्यस्तै घटना भएको र त्यत्तिबेला डोजरको सहायताले पुरी यातायात सुचारु गरेको जानकारी दिए ।

अर्का स्थानीय राजकुमार कुँवरले गत वर्ष मेलबोटकै लक्ष्मी पौडेलको जग्गामा पनि भ्वाङ् परेको स्मरण गर्दै हेमजा क्षेत्र पनि भौगोलिक हिसाबले जोखिमयुक्त रहेको बताए । मेलबोटवासीले सो समस्यामा गम्भीर बन्न र समाधान उपाय खोज्न सरोकारवालासमक्ष आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width