पोखरा, १५ माघ। पोखरा–१२ स्थित शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भयो।
कार्यक्रममा विद्यालयका लागि योगदान पुर्याउने विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, शिक्षक/शिक्षिका बोधराज गौतम, पूर्णिमा कुँवर, मीना केसीलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरियो ।
त्यस्तै, कर्मचारी मनु श्रेष्ठलाई पाँच हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर र विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका थिए। प्रदेश प्रमुख कुँवरले शिक्षालाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिए।
पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीले विद्यालयले गरेको प्रगतिको प्रशंसा गरे।
त्यस अवसरमा विद्यालय प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
वार्षिकोत्सवमा शीलतादेवी निवासी समाजसेवी पूर्णमान श्रेष्ठले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। सो अक्षयकोषबाट वर्षेनी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।
शीतलादेवी सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत र शिक्षक रामचन्द्र अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१