१. केही महिनायता बालिका बलात्कृत भएको र बलात्कार पछि हत्या गरिएको घटना धेरै भएकाछन्। एक दुई दिन बिराएर र कहिलेकाँही प्रत्येक दिनजसो बालिकालाई बलात्कार गरिएको र बलात्कार पछि हत्या गरिएको घटना समाचार पत्रहरुमा आउने गरेको छ। त्यस्तो घटना एक ठाउँमा र एक प्रदेशमा मात्र होइन पूर्व–पश्चिम जताततै भएका छन्।
२. विराटनगर नगरपालिका–८ की ११ वर्षीया गुडिया भनिने रुपमतिदासको बलात्कार पछि हत्या गरिएको छ। पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर–८ र कटहरि गाउँपालिकाको सीमा स्थित सिंधिया खोलामा फेला परेको छ। बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा देखिएको थियो।
३. मृत बालिकाको अंगमा नीलडाम भएको र अनुहार तथा कानबाट रगत बगिरहेको जनाइएको छ। निज बालिका छिमेकीको घरमा बेलुकी टी .भी हेर्न गएकी थिइन् । छिमेकीको घरमा टी .भी हेर्न गएकी उनलाई बीचैबाट अन्तै पुर्याएर बलात्कार गरिएको र त्यसपछि हत्या गरी नदीमा फालेको अनुमान गरिएको छ।
४. सरकारले एउटा ठाउँमा, एउटा काममा वेवास्ता गर्यो भने, काममा कमजोरी देखायो भने त्यसको परिणाम के कस्तो हुन्छ भन्ने कुरा बालिका बलात्कार र हत्या प्रकरणले देखाएको छ । निर्मलापन्तको बलात्कार र हत्याको घटनामा सरकारले अपराधीलाई पक्राउ गरी सजायँ गरेको भए यस्तो घटना यसरी दोहोरिने थिएन । अब कति निर्मलाहरु बलात्कार र हिंसाका शिकार हुनुपर्ने हो , अहिले भन्न सकिने अवस्था छैन।
५. त्यसबेला नक्कली अपराधी समातेर सक्कलीलाई जोगाएको कारण त्यस्तो घटना सरुवा रोग जसरी देशव्यापी रुपमा जताततै सरेको छ। सरकारले त्यस प्रकरणमा दुई जना नक्कली अपराधीलाई पक्र्यो । पक्रेको मात्र होइन, उनीहरुले साविती वयान दिएको पनि गर्वसाथ उल्लेख गर्यो । उपप्रधान तथा रक्षामन्त्रीले त अपराधीलाई जोगाउन कोही नआऊन् सम्म भने।
६. कञ्चनपुरकी निर्मला पन्त प्रकरण र विराटनगरकी रुपमतीदासको घटना विवरण पनि त्यस्तै त्यस्तै छ। निर्मला साथीकोमा ट्युशनपढ्न जाँदा वेपत्ता भएकी थिइन् भने रुपमति छमेकीकोमा टी .भी हेर्न जाँदा बीचैबाट वेपत्ता भएकी थिइन्। ती दुवैको नग्न शरीर पानीमा फालिएको अवस्थामा फेला पारिएको थियो।
७. निर्मलापन्तको बलात्कारपछि गरिएको हत्याको प्रमाण नष्टगर्न शुरुदेखि प्रयास गरियो। सत्यतथ्य बुझ्ने भनेर समिति माथि समिति गठन गरियो। तर सत्य कुरा बाहिर आएन। अहिले त उनको डीएन ए परीक्षण नै गलत भएको कुरा पनि आयो। उनको जस्तो रुपमति प्रकरणमा नहोस्। छिटो छिटो खोजी अनुसन्धान गरी अपराधीको पहिचान गरी अपराधीलाई कानूनको दायरामा ल्याउनु पर्दछ । सरकारले यसमा छिटो तत्परता देखाउनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१