पोखरा, १३ माघ । पोखरा–५, मालेपाटनस्थित शान्ति निकेतन स्कुलको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक समारोह एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेशका निदेर्शक डा. बाबुराम ढुङ्गानाले कार्यक्रमको उद्घाटन गर्दै नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई घाँटी निमोठ्ने काम नगरेको जिकिर गरे । सबैले राम्ररी बुझेमा निजी तथा सार्वजनिक दुवैखाले शिक्षा प्रणालीलाई हेक्का राखेर नियम आएको ढुङ्गानाको दावी थियो ।
नेपालका वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले कार्यक्रममा बोल्दै हामीले हाम्रा नानीबाबुलाई ठूलो भन्दापनि असल मान्छे बन्न सिकाउनुपर्ने बताए । उनले माता, मातृत्व र मातृभूमि बिर्सेमा वर्तमानमा पास भएपनि भविष्यमा फेल हुने बताए ।
विद्यालयका प्राचार्य महेश्वर पराजुलीले विद्यालयले अब स्मार्ट टिचिङ मेथड प्रयोग गनुपर्ने बताए । विद्यालयले विगतका वर्षहरुमा शत् प्रतिशत डिस्टिङ्सन ल्याएको स्मरण गर्दै आगामी दिनमा पनि गुणात्मक शिक्षामा जोड दिइने बताए ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक एवं कर्मचारीलाई तथा विगत २०७२ देखि एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र तिनका अभिभावक तथा विभिन्न जिल्लास्तरीय कार्यक्रमा उत्कृष्ट भएका विद्यार्थी समेतलाई सम्मान गरिएको थियो ।
विविध सांस्कृतिक कार्यक्रमासँगै सम्पन्न भएको उक्त कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. सरोज कोइराला, शिक्षाविद् विनोद बराल, एसओएस स्कुलका सह–प्राचार्य किरण सापकोटा, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष दामु अधिकारी, अभिभावक पुरुषोत्तमप्रसाद पराजुलीलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय इन्चार्ज यदुविलास भुत्र्याल र छात्रा कृति क्षेत्री तथा पूर्व विद्यार्थी प्रतिभा कोइरालाले स्वागत तथा विद्यालयका नेपाली विभाग प्रमुख कृष्ण शर्मा र अंग्रेजी विभाग प्रमुख हेम सुवेदीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१