पोखरा, ७ माघ । सिद्धी–सेतुली स्मृति प्रतिष्ठान पोखराले स्थापना गरेको सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यस वर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छन् ।
एकल महिलाको हक अधिकार क्षेत्रमा योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । यस्तै सानिमा स्मृति पुरस्कारबाट अपाङ्गताको क्षेत्रमा योगदान गरेकोमा हेमबहादुर गुरुङ पुरस्कृत भएका छन् । डेढ दशकदेखि उनी अपाङ्ता भएका व्यक्तिहरुको हकअधिकार क्षेत्रमा निरन्तर क्रियाशील छन् । पुरस्कृत व्यक्तित्वको परिचय छनौट समिति संयोजक तथा प्रतिष्ठानका पूर्व अध्यक्ष नारायण कार्कीले दिएका थिए ।
दुवै पुरस्कारको राशि १० हजार नगद र सम्मानपत्र छ । प्रमुख आमन्त्रित ब्यक्तित्व डा कुमारशमशेर राणाले विशेष समारोहबीच सोमबार पुरस्कार अर्पण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सिद्धी–सेतुली स्मृति प्रतिष्ठानले पुरस्कृत र सम्मानित गर्दै प्रशंसनीय काम गरेको बताए । उनले सहज जीवन बिताउन र अधिकारका क्षेत्रमा निरन्तर लागिरहन दुवै पुरस्कृत ब्यक्तिलाई आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेशकुमार राजभण्डारी, साहित्यकार तथा पश्चिमाञ्चल विकास मञ्चका संरक्षक धर्मराज बराल, पोखरा सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेल, पुरस्कृत ब्यक्तिद्वय तझ्या र गुरुङले बोलेका थिए ।
संस्थाका संरक्षक विश्वरत्न शाक्यले संस्थाले गर्ने कामबारे जानकारी गराएका थिए । प्रतिष्ठानले गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ भने सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गरिरहेको छ ।
कार्यक्रममा ‘मैत्री शिक्षा समूह’ का बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कल्याण पन्तले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१