पोखरा, २ माघ। अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन्।
आयोजक युनाइटेड क्लबले नवांै संस्करणको सो महोत्सवमा नेपाली लोकसंस्कृति माध्यमबाट नेपाली समाज परिवर्तनमा पुर्याएको योगदानलाई कदर गर्दै शर्मालाई सम्मान गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोकबहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए।
सम्मानित शर्माले आफ्नो प्रस्तुति राख्दै हिमाली, पहाडी मधेशी हामी सबै नेपाली, बहुचर्चित सबैको मनमा बस्न सफल सिमली छायामा बसी र यसपालि त यस्तै भो आमा भन्ने पञ्चेबाजाको गीत प्रस्तुत गर्दा महोत्सवमा उपस्थित दर्शकले नाचेर साथ दिएका थिए ।
क्लबले यसअघि नेपाली लोपोन्मुख ठाडो भाकाका सर्जक भेंडीखके साइला (दीर्घराज अधिकारी), माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिसकेको प्रचारप्रचार संयोजक शान्तबहादुर थापाले जानकारी दिए।
बुधबार चर्चित लोकदोहोरी गायिका राधिका हमालको दोहोरी र एकल प्रस्तुतिले महोत्सवमा थप रौनक प्रदान गर्यो ।
बहुचर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, सजना बास्तोला, रनु गुरुङ, प्रेमराज अधिकारी लगायतको प्रस्तुति रहेको थियो । हास्य ब्यङ्ग्यतर्फ घिरौले र सापटीको प्रस्तुतिमा दर्शक रमाए ।
बुधबार पोँचोको तमु समाज पोखरा–१४ को बाह्रमासे घाटुको प्रस्तुति रहेको थियो भने तरेली सांस्कृतिक परिवारको नृत्य देखाएको थियो। साँझ मेलिना राई र स्कार्डस जर्नीको लाइभ ब्याण्ड प्रस्तुतिले महोत्सवमा रौनकता थपिएको थियो।
बिहीबार लोकदोहोरीतर्फ ज्योति मगर, जीवन दाहाल, माधव चापागाईं, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुति रहनेछ । हास्यब्यङ्ग्यतर्फ दीपक थापाको प्रस्तुति रहने महोत्सव सांस्कृतिक संयोजक राजु श्रेष्ठले जानकारी दिए।
सांस्कृतिक कार्यक्रमतर्फ तरेली सांस्कृतिक परिवारको लोक संस्कृति प्रस्तुत हुनेछ भने लालीगुराँस पुन मगर समाज लामाचौरको धौलागिरी क्षेत्रमा प्रचलित लोपोन्मुख मगर संस्कृतिमा आधारित थाली नाच प्रस्तुति रहने छ भने लाइभ ब्याण्डतर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्ड देखा पनेर्छन् । महोत्सव माघ ८ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१