अल्पज्ञानीको एकल कविता वाचन आज

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
alpagyani

पोखरा, १ माघ। माघेसंक्रान्ति अवसरमा कवि अल्पज्ञानी पहिलो पटक एकल कविता वाचनमा देखा पर्ने भएका छन्।

पुछारसिटे अभियानले उनलाई दर्शकश्रोतमाझ छन्दका कविता वाचनका लागि मंगलबार हिमालयन रिडर्स कर्नरमा उभ्याउन लागेको हो ।

‘घीउ, चाकु र तरुलसँग कविता’ नाराका साथ आयोजित सो कार्यक्रममा कवि अल्पज्ञानीले आफूले एक दर्जन जति छन्दमा मात्र लेखिएका कविता वाचन गर्ने जनाए।

पोखरा ३१, बेगनासताल निवासी अल्पज्ञानी झण्डै दुई दशकदेखि साहित्यका विविध क्षेत्रमा सक्रिय उनी एकल वाचनमा आउन पाउँदा निकै खुसी र उत्साहित बनेको बताए ।

उनी डायमन्ड मोडेल बेगनासताल र जुनियर सिटीजन एकेडेमीका नेपाली विषय र अर्थशास्त्र विषयका शिक्षक समेत हुन् ।

कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजक पुछारसिटे अभियान संजीव पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै