गण्डकी ट्रक व्यवसायी संघको रक्तदान

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
Gandaki Truck Blood Donation

पोखरा, १४ पुस। गण्डकी ट्रक व्यवसायी संघले आयोजना गरेको खुला रक्तदानमा १६ युनिट रगत संकलन भएको छ।

संघको ३८ औं वार्षिकोत्सव आयोजित कार्यक्रमको प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सिनाले पहिलो रक्तदाता कार्यसमिति सदस्य नेत्रबहादुर खत्री ‘राजन’ लाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए।

तिमिल्सनाले रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यलाई संघले निरन्तरता दिन आग्रह गरे। संघसंस्थाले आफ्नो अधिकारको मात्र कुरा नगरी सामाजिक उत्तरदायित्वसमेत पूरा गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रवीन्द्र गिरी, पूर्व अध्यक्षहरु हरिप्रसाद खनाल र गोपालप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संघका अध्यक्ष कृष्णहरि जिसीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम उपसमिति संयोजक अनिलबिक्रम खाँडले स्वागत र महासचिव विष्णुमणि बरालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width