लामिछानेले ल्याए ‘फुटबल’

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
binod_Fotor

पोखरा, १४ पुस । पोखराको फुटबल इतिहासबारे पत्रकार विनोद लामिछानेले ‘फुटबल’ बजारमा ल्याएका छन् ।

पोखरा म्यासेञ्जरको विशेष प्रकाशनको रुपमा बजारमा आएको सो पुस्तक गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले शनिबार विमोचन गरे ।

पुस्तकमा पोखराको फुटबलको विगत र वर्तमानबारे उल्लेख छ । नयाँ पुस्तालाई खेलप्रति आकर्षण गर्न पुस्तक सफल रहेको छ ।

६४ पृष्ठ लामो पुस्तकमा पोखरामा फुटबलको शुरुवातबारे चर्चा एवं पुराना खेलाडीको खेलप्रतिको लगाव उल्लेख छ । साथै पोखराको खेल मैदानदेखि व्यावसायिक खेलाडी, फुटबलका अभिन्न अंग रेफ्रीबारे मिहिन ढंगले चर्चा गरिएको छ ।

नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिए पनि ओझेलमा परेका खेलाडीबारे आफूले खोजी गरेको पुस्तक सम्पादक पत्रकार लामिछानेले जनाए ।

कार्यक्रममा प्रदेश प्रमुख कुँवरले खेलमा समावेशी र आरक्षण गर्ने कुरा गलत भएको बताए ।

विमोचन समारोहमा सांसद दीपक कोइराला, राखेप सदस्य राजेश गुरुङ, एन्फा उपाध्यक्ष कृष्ण थापा, पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङ लगायतले पोखरेली फुटबल इतिहासलाई जिवितै राख्न पुस्तक दस्तावेज बन्ने बताए ।

सो अवसरमा पुराना खेलाडी डम्मरलाल माकाजु, यज्ञबहादुर साही र रुद्रनाथ पौडेललाई सम्मान गरिएको थियो ।

प्रकाशन सल्लाहकार गणेशबहादुर भट्टराईले पुराना पुस्ताका खेलाडीहरुको पहिचानका लागि पुस्तक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । कार्यक्रम संचालन संचारकर्मी मधु अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै