प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा अधिकारी प्रथम

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७५

पोखरा, १२ मंसिर । सिर्जना आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय मावि तहको नेपाली निबन्ध लेखन प्रतियोगितामा लमजुङका शिशिर अधिकारी प्रथम भएका छन् ।

विद्यालयको रजत जयन्तीको वर्षको अवसरमा कक्षा ९ र १० अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय, वेशीसहर-१, लमजुङका अधिकारी प्रथम भएको विद्यालयले जनाएको छ।

प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय सिमलचौर, पोखराका अभिमत लामिछाने द्वितीय, नवज्योति माध्यमिक विद्यालय गोरखाका सुस्मिता रोका तृतीय र दि ओल्ड क्यापिटल बोर्र्डिङ स्कूल, रानीवन, गोरखाकी प्रीति खड्काले सान्त्वना स्थान हासिल गरेको सिर्जना आवासीय माविका प्राचार्य डोलराज पाण्डेले जानकारी दिए।

गण्डकी प्रदेशका हरेक जिल्लामा भएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीको कापी पोखरामा ल्याएर विषयगत विज्ञहरुले पुनः परीक्षण गराई प्रदेशस्तरको प्रतियोगिता गराइएको हो। विद्यालयको मंसिर १५ मा हुने रजत जयन्तीको समापन समारोहमा विजयीलाई पुरस्कार वितरण गरिनेछ ।

उनीहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।प्रदेशका सबै जिल्लाका सदरमुकामहरूमा एउटै समय सूचना प्रविधि र नेपाली समाज शीर्षकमा भएको प्रतियोगितामा १ सय ४ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

यसअघि जिल्लास्तरमा भएको सो प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को समन्वयमा भएको विद्यालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width