आदर्श महोत्सवमा २ लाख दर्शक

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७५

लेखनाथ, १० मंसिर। प्रथम आदर्श महोत्सव उच्च सफलता हासिल गर्दै सोमबार सकिएको छ।

गत कात्तिक २० देखि लेखनाथको भण्डारढिकमा आयोजित महोत्सव करिब ५ करोड बढी आर्थिक कारोबार र २ लाख दर्शकद्वारा अवलोकनसहित सफलतापूर्वक सम्पन्न भएको आयोजक आदर्श युवा क्लबले जनाएको छ ।

समापनमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भण्डाढीक खेलमैदानको स्तरोन्नति र नयाँ संरचना बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई सो अवसरमा पुरस्कृत गरिएको थियो।

रत्यौली गीततर्फ शान्तिप्रेमी आमा समूह-२६ प्रथम, बाग्लुङ आमा समूह सैनिक वस्ती द्वितीय, लगनशील महिला समूह आदर्श टोल तेस्रो भए ।

खास्टे तालबाराही आमा समूह-२६ र नमूना आमा समूह हेमजाले सान्त्वना स्थान प्राप्त गर्दा नमूना कृषक आमा समूह उत्कृट गायन विधाबाट पुरस्कार भएको प्रतियोगिता संयोजक शिवहरि ढुंगानाले जनाए ।

क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा इलाका प्रशासन कार्यालयका लेखनाथका प्रमुख चित्रांगत बराल, वडा २९ की प्रतिनिधि निर्मला पौडेल र नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर समन्वय परिषदका अध्यक्ष जंगबहादुर गुरुङ लगायतले बोलेका थिए।

कार्यक्रम संचालन क्लब सचिव पदम गुरुङले गरेका थिए।  महोत्सवमा व्यापार तथा बजार प्रवर्द्धनका लागि २ सय ६८ वटा स्टल राखिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै