बाबा आनन्द सञ्चार पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७५
Baba ananda puraskar

पोखरा, ९ मंसिर । बाबा आनन्द सञ्चार पत्रकारिता पुरस्कार – २०७५ बाट पोखरामा आइतबार युवा पत्रकार दीपक परियारलाई पुरस्कृत गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की र फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले संयुक्त रुपमा उनलाई पुरस्कृत गरेका थिए ।

उनलाई दोसल्ला, सम्मानपत्र सहित नगद १९ हजार पाँच सय ५५ रुपैया प्रदान गरिएको छ ।

अघिल्ला वर्षहरुमा पुरस्कारको राशी १५ हजार रुपैया रहेकोमा यसवर्ष बढाएर १९ हजार पाँच सय ५५ पुर्‍याइएको हो ।

बाबा फाउण्डेशन नेपालद्वारा संचालित तथा स्वर्गीय आनन्दराज श्रेष्ठको परिवारजनबाट स्थापित सो पुरस्कारबाट बालबालिका र वातावरणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई  पुरस्कृत गर्ने गरिन्छ ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील युवा पत्रकार परियार कान्तिपूर दैनिकसँग आवद्व छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विर्सन नसकिने संस्थाको रुपमा बाबा फाउण्डेशन नेपाल अघि बढिको उल्लेख गरे ।

उनले पोखरालाइ प्रदुषण र फोहोर मैला मुक्त शहर बनाउनका लागि सवै पक्ष हातेमालो गर्न आवश्यक भएको औल्याए । जति सक्छौ त्यहिबाट शुरु गरौं उनले भने – ‘पोखरालाई सफा सुन्दर बनाउनका लागि सबैले योगदान गरौं।’

पुरस्कृत व्यत्तित्व दीपक परियारले पुरस्कारले आफुलाई गौरवान्वित बनाएको र अझै क्रियाशील बन्न प्रेरित गरेको बताए ।

प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार नारायण कार्कीले यस्ता पुरस्कारले पत्रकारलाई उत्साहित बनाउने उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले पनि बोलेका थिए ।

बाबा फाउण्डेशन नेपालका अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरिता ताम्राकारले धन्यवाद र सचिव टंक अधिकारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width