पोखरा, ४ मङ्सिर । पुसको दोश्रो हप्ता पोखरामा गुरुङ (तमु) महोत्सव हुने भएको छ । देशभरीका तमुहरु उपस्थित हुने उक्त मेला पाँच दिनसम्म चल्ने छ ।
सामाजिक, साँस्कृतिक, आर्थिक, पर्यटकीय विकासको प्रवर्द्धन गर्न र सबै जातजाति र धर्म संस्कृत्रि्रति सद्भावपूर्ण वातावरण सृजना गर्न तमु जातिको मौलिक धर्म, शास्त्र, संस्कार, संस्कृति (प्ये ताँ ल्हु ताँ) को संरक्षण, सर्ंबर्द्धन तथा प्रवर्द्धन गर्दैे व्यापक प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।
वि. सं. २०७० सालको कात्तिक महिनामा संस्थाको स्थापना दिवसको अवसर पारेर ‘थेवा त्हें (महायज्ञ)’ सम्पन्न गरेको थियो ।
समूहमा रमाउने, समूहमै चाड पर्व मनाउने विशेषता रहेको यो जाति यस पटकको ‘बृहत तमु फो ल्होसार महोत्सव २०७५’ मा देशव्यापी रुपमा नै एकै थलोमा बृहत रुपमा रमाउने एउटा माहोल सृजना गर्न तमु प्ये ल्हु संघले तमुको महान चाड ल्होसार मनाउने र यो जातिको मौलिक संस्कार संस्कृतिलाई व्यापक प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरेको हो । पाँच दिनसम्मको महोत्सवको अनुमानित खर्च ७० लाख रुपैया रहेको जानकारी दिइएको छ ।
पुस १२ गते देखि १६ गतेसम्म पाँच दिन संचालन हुने सो महोत्सवमा १२ गते झाँकी सहितको र्याली विहान ११ बजे, मानव अधिकार चोक, चिप्लेढुंगाबाट निस्केर अमरसिह चौंरको खुल्ला मैदानमा कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले वताएको छ ।
महोत्सवमा प्रवचन, खेलकुद तथा राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम, कविता तथा मुक्तक वाचन, दोहोरी गीत प्रस्तुत, डकुमेन्ट्री शो एवं फोटो प्रदर्शनी, रक्तदान, युवाहरुद्धारा नृत्य प्रदर्शन, बोन फायर छ्योप, थासो, रिली पूजा, रुपा लगाउने, पित्रिको नाममा बत्ति बाल्ने र अन्तिम दिन १६ गते सम्मानपत्र वितरण गरिने आयोजकले वताएको छ । तमुहरुको प्येमा उल्लेख गरिएका स्थानहरुको अध्ययन, अनुसन्धान, भ्रमण बाँकी रहेको वताउँदै सन् २००० मा तमु प्ये ल्हु संघको पहलमा क्याम्ब्रिज युनिभर्सिटी यू.के. र नेपाल पुरातात्विक विभाग तथा नेपाल टेलिभिजनको संयुक्त सहकार्यमा पहिलो पटक ऐतिहासिकस्थल क्होला सोंथरको उत्खनन् शुरु गरेको थियो ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१