महोत्सवमा भेटघाट अवसर

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७५
adarsha_Fotor

लेखनाथ, ३ मंसिर। कला, संस्कृति, संगीत र मनोरञ्जन उत्सवका रुपमा लिइएको प्रथम आदर्श महोत्सव आफन्त र साथीभाइको भेटघाटस्थल समेत बनेको छ। सोमबार घरको काम थाती राखी महोत्सव अवलोकन गर्न आएकी पोखरा-३३ की मनिषा आचार्यले सहपाठी मनदेवी गुरुङ भेटेपछि बाल्यकालका अनुभव साटासाट गर्न पाउँदा खुसी लागेको बताउँछिन्।

यस्तै, युगल जोडी पनि महोत्सवमा रमाइलो हेर्न पाइने र साथीभाइ समेत भेट्न पाइने भएपछि महोत्सवले भेटघाट अवसर मिलाइदिएकोमा खुसी व्यक्त गर्दछन्।वृद्धवृद्धाका लागि दोहोरी र युवाका लागि लाइभ पप कर्न्र्सट साथमा मनोरञ्जनात्मक कार्यक्रम रहेकोले महोत्सवको चौथो दिन सोमबारसम्म आइपुग्दा दर्शक चाप बढेको क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले बताए । उनका अनुसार दर्शक बढेसँगै कारोबारमा पनि क्रमशः वृद्धि भएको छ ।

सोमबार लोकदोहोरी गायक गायिका शर्मिला गुरुङ, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, प्रदीप त्रिपाठी, कृष्ण विक, लक्ष्मी बानियाँ, सीता परियार र जगत पौडेलको प्रस्तुतिमा दर्शक तालमा ताल मिलाउँदै छमछम नाचे ।

मंगलवार लोकदोहोरीतर्फ बद्री पंगेनी, जीवन दाहाल, राजन कार्की, ज्योति लोहनी, शिवहरि ढुंगाना, कल्पना आले, सम्झना भण्डारी, राजेश बर्देवा, सुवास गुरुङ र आधुनिकतर्फ मेलिना राई र संजय कुँवरको प्रस्तुति रहने महोत्वव प्रचार संयोजक पदम गुरुङले बताए ।

आदर्श युवा क्लबले लेखनाथ भण्डारढिकमा आयोजना गरेको महोत्सव मंसिर ९ गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width