पिस पोष्टर प्रतियोगिता

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७५
peace poster_Fotor

पोखरा, २८ कात्तिक । पोखरामा बुधबार आयोजित पिस पोष्टर कार्यक्रममा बाल विद्यामा अध्ययनरत नानु गुरुङ प्रथम भएकी छन्।

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारी र लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी २० जनामध्ये नानुको चित्र उत्कृष्ट बनेको हो।यस्तै, जुनिएर सिटिजन्स एकेडेमी रोशनी गुरुङ द्वितीय, पोखरा लर्नस एकेडेमीमा अध्ययनरत अमनकुमार तृतिय र सवलाईम स्कुलमा अध्ययनरत कृष्ण तामाङ सान्त्वना भए ।

प्रमुख अतिथि डिष्ट्रिक डेपुटी चिफ बालकृष्ण बरालले पिस पोष्टर प्रतियोगिताको आफ्नै महत्व रहेको बताए।

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जितबहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियरपर्सन दुर्गाकुमारी आचार्य र सन्तोष घिमिरे, लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width