चिसापानी आमा समूहको पहिलो वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५
chisapani amma samuha

पोखरा, ४ भदौ। पोखरा महानगरपालिका वडा १३ स्थित चिसापानी आमा समूहले सोमबार पहिलो वाषिर्कोत्सव मनाएको छ।

त्यस अवसरमा आमा समूहले चिसापानी टोलमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ। कार्यक्रममा ज्येष्ठ नागरिक गोपना गुरुङ, भावी गुरुङ र क्होलासोथर गाउँपालिका वडा ४ की सदस्य गमी गुरुङलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङले टोलभित्रको सद्भाव र एकता ठूलो शक्ति भएको बताए।

सल्लाहकार क्या. चन्द्रप्रकाश गुरुङले टोलको उन्नतीका लागि सबैले चासो लिनुपर्नेमा जोड दिए।

क्होलासोथर गाउँपालिका वडा ४ की सदस्य गमी गुरुङले सक्रियता नै संस्थाको पहिचान हुने बताइन।

कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल र चिसापानी युवा क्लबका सल्लाहकार श्याम गुरुङले पनि बोलेका थिए। चिसापानी आमा समूहकी अध्यक्ष डिलशोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगीता गुरुङले स्वागत र सचिव बालकाशी गुरुङले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै