पोखरा, २६ साउन । मदरल्यान्ड माध्यमिक विद्यालयले शनिबार शिक्षक-अभिभावक अन्तरक्रिया गरेको छ। सार्थक तथा उपलब्धिमूलक शिक्षण सिकाइमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धलाई मध्यनजर गर्दै सो कार्यक्रम गरिएको जनाइएको छ ।
कक्षा २, ५ र ७ का कक्षा शिक्षक र अभिभावकबीच गरिएको कार्यक्रममा सोही कक्षामा अध्ययन गर्ने बाबुनानीहरूका सम्पूण्ा अभिभावकको उपस्थिति थियो।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्ने तथा समयसापेक्ष शिक्षा र व्यक्तित्व विकासमा जोड दिइएको कार्यक्रममा उपस्थित अभिभावकहरूले आफ्ना बाबुनानीहरूको समयानुकूल व्यावहारिक शैक्षिक विकासमा विद्यालय र शिक्षक शिक्षिकाले खेलेको भूमिकाको सराहना गर्दै आवश्यक सरसल्लाह तथा रचनात्मक एवं सकारात्मक सुझावहरू दिनुभएको थियो।
अहिलेको समय घोकन्ते, प्रमाणपत्र र सिद्धान्तकेन्द्रितभन्दा प्रयोगात्मक, व्यवहारिक र असल आचरणयुक्त शिक्षाको समय भएको कार्यक्रममा बताइएको छ।
सम्बन्धित कक्षाशिक्षकले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डीन प्रेमनारायण पोखरेल लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१