सेती नदी किनारमा गाँजा फडानी

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७५
Gaja Fadani small

लेखनाथ, १३ साउन । बड्दो लागु औषधको कुलतबाट आफनो छोराछोरीलाई टाढै राख्न सहयोग पुग्नेगरी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का स्थानीयवासीहरु प्रहरीको सहयोगमा गाँजा फडानीमा सक्रिय लागेका छन् ।

‘नबजे मुरली नरहे बाँस’ भन्ने युक्तीलाई आत्मसाथ गर्दै स्थानीयवासीहरु आफ्नो वडामा गठन भएको लागु औषध नियन्त्रण अभियानको सहयोगमा वडा नं ३३ अन्तरगत पर्ने सेती नदिको किनारमा रहेको अवैद्ध गाँजा फडानी गरेर नष्ट गर्नेतर्फ लागेका हुन् ।

सामुदायिक सेवा केन्द्र लेखनाथ, लायन्स क्लव अफ पोखरा चिरगादी, लागु औषध नियन्त्रण महाअभियान अन्तरगत वडा नं ३३ र जिल्ला प्रहरी कार्यालाय कास्की एवं डाँडाकोनाक प्रहरीचौकीको सहयोगमा नदि किनारमा रहेको करिव १५ क्युटन गाँजा संकलन गरी नष्ट गरेको हो । स्थानीयवासी तथा प्रहरीसहित करिब ७० जनाको समुहले नदि किनारको गाँजा फडानी गरी नष्ठ गरिएको हो ।

कार्यक्रममा वडा नं ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, लागु औषध नियन्त्रण महाअभियान वडा नं ३३ का संयोजक गणेशप्रसाद ढकाल, डाँडाको नाक प्रहरीचौकीका  इञ्चार्ज बिष्णुबरसिंह थापा, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाई, लायन्स क्लवका रिजन चियरपर्सन मधुसुधन कोइराला र स्थानीय सतिश लामिछानेले कुलतबाट युवाहरुलाई टाढै राख्ने उद्देश्यले सचेतना कार्यक्रम संचालन गर्नुपर्ने सुझाव राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width