पोखरा, ७ साउन। सृजना विकास केन्द्रअन्तर्गत सञ्चालित सृजना बैंकिङ कार्यक्रमले पोखरा-१३ काहुँखोलास्थित शाखाबाट डिजिटल सेन्टर म्यानेजमेन्ट -डिसिएम) प्रणाली शुरू गरेको छ। वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउने क्रममा उक्त प्रविधि शुरू गरिएको हो।
सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि पोखरा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले प्रणालीको शुभारम्भ गरे।
उनले स्मार्ट प्रविधि शुभारभ्भ गरेर वित्तीय कारोबारलाई पेपरलेस बनाउन योगदान पुग्ने बताए। कारोबारमा पनि सहज हुने उनको भनाइ छ।
सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका प्रथम उपाध्यक्ष कृष्ण थापा, महासचिव मीनप्रसाद भट्टराई, पत्रकार श्याम कुँवर, बैंकिङ कार्यक्रमका मुख्य व्यवस्थापक दिवस ढकाल, सूचना प्रविधि अधिकृत रामप्रसाद भण्डारी, केन्द्र प्रमुख लक्ष्मीदेवी क्षेत्री लगायतले बोलेका थिए।
बैंकिङ कार्यक्रमका २१ वटा शाखा छन्। बैंकिङ कार्यक्रमका सम्पूर्ण गतिविधि अब डिजिटल बनाइने अध्यक्ष श्रेष्ठले जानकारी दिए। कास्की, तनहुँ, लमजुङ र गोरखामा लघुवित्त सेवा प्रदान गरिरहेको बैकिङ कार्यक्रमका ३१ हजार सदस्य छन्।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१