बसुन्धरा मार्गमा पक्की ढलान बाटोको उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५

पोखरा, ३२ असार ।पोखरा महानगरपालिका-१५, स्यानीमजुवा टोलस्थित बसुन्धरामार्गको पक्की ढलान बाटो तथा पुल उद्घाटन गरिएको छ। स्यानीमजुवा टोलविकास संस्थाको आयोजनामा शनिबार एक कार्यक्रमबीच उक्त बाटो तथा पुलको उद्घाटन गरिएको हो।

बाटो तथा पुल उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा १५ का अध्यक्ष प्रकाश पौडेलले धेरैभन्दा धेरै जनताको सहभागिता र सक्रियतामा उक्त बाटो निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे । पौडेलले वडा १५ का हरेक टोलमा विकास निर्माण कार्यमा सहकार्य गर्न आफू तयार रहेको बताए।

कार्यक्रममा वडा १५ का नेपाली कांग्रेसका सभापति टोपबहादुर थापामगर, महानगरपालिकाका सहायक इञ्जिनीयर अनिल आचार्य, समाजसेवी घनश्याम गौतम लगायतले मन्तव्य राखेका थिए।

सो मार्गको २ सय २५ मिटर पक्की ढलान गर्न र २० फिट लम्बाई र १० फिट चौर्डाई कर्ल्भर्ट -पुल) निर्माण गर्नको लागि जम्मा ४० लाख रुपैयाँ खर्च लागेको उपभोक्ता समितिका अध्यक्ष राजेश गौतमले जानकारी दिए। जसको लागि नगरपालिकाबाट रु. ९ लाख र जिविसबाट रु १० लाख निकासा गरिएको र अन्य रकम स्थानीयबासी र सहयोगी चन्दादाताहरुबाट सहयोग संकलन गरिएको गौतमले बताए।

स्यानीमजुवा टोलविकास संस्थामा ५३ घरधुरी आवद्ध रहेको र यस मार्गबाट आवतजावत गर्ने सयौं मानिसहरु लाभान्वित हुने स्यानीमजुवा टोलविकास संस्थाका अध्यक्ष इश्वर आलेमगरले बताए । आलेमगरले स्यानीमजुवा टोलबाट कोलपाटन वडा कार्यलयसम्म आवतजावत गर्न बाटो नभएको र यहाँका जनताले सास्ती झेल्नुपरेकोले उक्त बाटो तथा पुल निर्माण गर्नुपरेको बताए। उक्त बाटो वडा १४ काजीपोखरी थापामार्ग हुँदै वडा १५ कोलपाटन जोड्ने मार्ग हो। बाटो तथा पुल निर्माण भएपछि त्यहाँका स्थानीयमात्र नभई अन्य जनतालाई आवतजावत गर्न धैरै सहज भएको स्थानीयबासीको भनाई छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width