चण्डिका आमा समूहद्वारा विद्यार्थी सम्मान

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
see

पोखरा, २३ असार । चण्डिका आमा समूह, दरबारथोकको आयोजनामा समूह सदस्यका एसर्इइ उत्तीर्ण छोराछोरीलाई शनिबार सामूहिक सम्मान गरेको छ ।

सो अवसरमा आमा समूहकी सदस्य आरती रानाभाट तथा संचारकर्मी कृष्ण रानाभाटका छोरीहरु आकृति रानाभाट र प्रकृति रानाभाट, समूहस दस्य तथा वडा कार्यालय ९ की कर्मचारी गौरा पौडेल शर्माका छोरा सन्देश पौडेल सम्मान गरिएको थियो ।

वडाध्यक्ष रामराज लामिछानेले कार्यक्रम उद्घाटन गर्दै योग्यता पुगेका जेहेन्दार युवाहरुलाई जागिरको सिलसिलामा कुनै सहयोग चाहिएमा आफूले सहयोग गर्न तयार रहेका बताए । उनले वडा ९ विपन्नदेखि धनाढ्यहरुको बसोबास रहेको क्षेत्र भएकोले विकासका हरेक कुरामा चुनौती रहेको बताउँदै केही टोलका बालबालिका अझै पनि स्कूलको पहुँचभन्दा टाढा रहेको बताए ।

वडासचिव लोकदर्शन कोइरालाले बालबालिका भविष्यको कर्णाधार भएको बताए ।

२०६८ सालदेखि आमा समूहले यसरी विद्यार्थीलाई सम्मान गर्दै आएको छ । सो कार्यक्रममा सम्मानपत्र तथा अन्य आवश्यक खर्च जिम्मेवारी लिने शालिकराम अधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रम सम्मानित प्रकृति रानाभाट, सन्देश पौडेल र आकृति रानाभाटले सम्मानले अझै धेरै मेहनत गर्न हौसला प्रदान गरेको बताए ।

सो अवसरमा लक्ष्मी आवासिय माविका प्राचार्य शालिकराम अधिकारी, समाजसेवी वेदकुमार श्रेष्ठ, तालवाराही खबर साप्ताहिकका सम्पादक सूर्य सिकारु, दरबारथोक एड्भरर्टाईजिङ एजेन्सीका कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूह अध्यक्ष वीमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सम्झना रानाभाट र सञ्चालन रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खीमा गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width

Recent Posts

भर्खरै