पोखरा, ४ असार । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशील गौचनले सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट शपथ ग्रहण गरेका छन् ।
गत जेठ २५ मा बसेका बैंकको १० औं वाषिर्क साधारण सभाले सुशील गौचन, पद्मप्रसाद पौडेल, किशोर ओझा, नारायणबहादुर बानियाँ, कृष्णबहादुर थापा र वासुदेव त्रिपाठीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको थियो ।
पछि नवनिर्वाचित सञ्चालकको बैठकले गौचनलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंकको साधारण सभापछि बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले जानकारी दिए ।
चुक्ता पुँजी आधारमा गण्डकी नेपालको सबैभन्दा धेरै चुक्ता पुँजी भएको विकास बैंक भएको बैकको दाबी छ ।
बैंकले नेपालको पूर्वदेखि पश्चिमसम्म ६२ वटा शाखा सञ्चालनमा ल्याएको छ भने थप १५ वटा शाखा चालु आवभित्र सञ्चालनमा ल्याउन तयारी गरेको बैंकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१