राष्ट्रिय कराँते टोली सहारा एकेडेमीमा

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५

पोखरा, २० जेठ। एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराँते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन्।

उनीहरुलाई सहारा क्लब पोखराका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समिति सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए।

कराँते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले दुर्इ दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए।

क्लब अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए। उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबतर्फबाट सफलताको कामना गरेका थिए।

सोही अवसरमा हङकङ सहारा क्लबका सहकोषाध्यक्ष नवराज -प्रवीण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफूल र चाउचाउ प्रदान गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width