१७ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७५

हेमजा, १५ जेठ। रेडियो दिदीबहिनी कुष्मा पर्वत र अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित युवा आवाज नेपालको आयोजनामा मंगलवार सम्पन्न रक्तदान कार्यक्रममा १७ युनिट रगत संकलन भएको छ।

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले पहिलो रक्तदाता रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन् ।

गुरुङले सबैभन्दा ठूलो दान रक्तदान भएको उल्लेख गरिन्। सो अवसरमा रेडियोका अध्यक्ष कल्पना चापागार्इं, युवा आवाजका सल्लाहकार नारायणप्रसाद भण्डारी, वडा सदस्य भगवती भण्डारी, युवा आवाजका अध्यक्ष संगीता भण्डारी, दुर्गाभवानी आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक विष्णु भण्डारी, रेडियो दिदीबहिनीकी विष्णु गौतम, कालीगण्डकी टेलिभिजनकी शान्ति सुवेदी, युवा आवाजका सदस्य दिल जिसी लगायतले आ-आफ्ना धारणा राखेका थिए।

सोही कार्यक्रमबीच रेडियोकी अध्यक्ष चापागाईले आफ्नो ४४ औं जन्मोत्सव अवसर पारेर युवा आवाज नेपालको स्रोतकेन्द्रका लागि करिब  ८ हजार बराबरका पुस्तक पनि प्रदान गरेकी छन्।

कार्यक्रममा वडा २ का अध्यक्ष चूडामणि पौडेलले व्यक्तिगत रुपबाट फलफूल सहयोग प्रदान गरेका थिए।

रेडियोकी अध्यक्ष चापागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा आवाजका अध्यक्ष संगीता भण्डारीले स्वागत र सचिव मीना भण्डारीले सञ्चालन गरेकी थिइन्।

कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width