काठमाडौँ, १० जेठ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्वयनको पक्षमा जोड दिएका छन् । तर प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रम यथार्थको नजिक नभएको भन्दै त्यसको आलोचना गरे ।
प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रमले कृषि, ऊर्जा तथा पर्यटनको क्षेत्रलाई नछोएको बताउँदै सरकारले तथ्यभन्दा पनि तत्कालको फाइदाका लागि मात्रै काम गरेको गुनासो गरे ।
सत्तापक्षका सांसदले भने विगतमा ल्याइएका राम्रा र प्रभावकारी सबै कार्यक्रम समावेश गरिएको र जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको कार्यक्रम प्रस्तुत गरिएको भन्दै सरकारको बचाउ गरे ।
नेकपाका सूर्यप्रसाद पाठकले विगतमा नेपाली काँग्रेसले भुलेको तर बिपी कोइरालाले अगाडि सारेको प्रजातान्त्रिक समाजवादको अवधारणासमेत नीति तथा कार्यक्रममा समावेश गरिएको हुँदा यसलाई समर्थन गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे ।
विगतमा ठूला उद्योगधन्दा निजीकरणको नाममा काँग्रेस नेतृत्वको सरकारले बन्द गराएको उल्लेख गर्दै उनले वर्तमान सरकारले नयाँ उद्योगधन्दा स्थापना गर्ने लक्ष्य राखेको छ, प्रतिपक्षीलाई यसको विरोध गर्न नैतिक हिसाबलेसमेत नमिल्ने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डीला संग्रौलाले महिला, आदिवासी, जनजातिको पक्षमा नीति तथा कार्यक्रम नदेखिएको भन्दै सरकारको आलोचना गरे ।
“पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि त्यसका लागि आवश्यकपर्ने आर्थिक स्रोत कहाँबाट ल्याउने भन्नेबारेमा केही बोलेको छैन, कुन स्रोतबाट रकम ल्याएर दोहोरो अंकको आर्थिक वृद्धि गर्नुहुन्छ”, – उनको प्रश्न थियो ।
नेकपाका पार्वती कुमारी विसुंखेले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणासहित आएको वर्तमान सरकारको नीति तथा कार्यक्रमको सफल कार्यान्वयन भए आगामी पाँच वर्षपछि नेपाल नयाँ स्थानमा पुग्ने बताइन् । काँग्रेसका लक्ष्मी परियारले नीति तथा कार्यक्रम अमूर्त रहेको आरोप लगाउँदै प्रदेश र स्थानीय तहलाई कम आकिएको, उनीहरुको भूमिकालाई कमजोर बनाउन खोजिएको गुनासो गरिन् । नेकपाका गजेन्द्रबहादुर महतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रभावकारी र जनपक्षीय रहेको भन्दै कर्णाली प्रदेशको विकास र समृद्धिका लागि थप प्रष्ट योजना ल्याउन आग्रह गरे ।
नेकपाका राधा ज्ञवालीले आर्थिक समृद्धिको लक्ष्यसहित प्रभावकारी नीति तथा कार्यक्रम ल्याइएकामा सरकारको समर्थन गर्दै ती कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।
काँग्रेसका रामबहादुर विष्टले पूर्वाधार नै तयारी नभएको अवस्थामा रेल चलाउने, दाहोरो अंकको आर्थिक वृद्धि गर्नेजस्ता विषय यथार्थसंगत नभएको आरोप लगाए ।
काँग्रेसकै अमरेशकुमार सिंहले सरकारको नीति एकातिर र कार्यक्रम अकोर्तिर रहेको टिप्प्ाणी गर्दै संघीयताको विषयमा प्रष्ट नभएको, स्वास्थ्य, शिक्षाजस्ता विषय छुटेको, गरिबी निवारण गर्ने विषयलाई जानी बुझिकन छुटयाइएकामा आपत्ति प्रकट गरे । काँग्र्रेसकै राजेन्द्रकुमार केसीले भाषणबाट आर्थिक समृद्धि नआउने भन्दै तथ्यमा आधारित भएर नीति तथा कार्यक्रम नआएको आरोप लगाए ।
नेकपाका नवराज सिलवालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले विराट सपना देखाएको भन्दै प्रतिपक्षी दलले विरोधका लागि विरोध गर्न नहुने धारणा व्यक्त गरे ।
नेकपाका जीवनराम श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमलाई लिएर विरोधका लागि विरोध गर्ने प्रवृत्ति त्यागेर सरकारलाई सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गरे ।
सांसद नन्दबहादुर रोकाया, शान्तिमाया पाख्रिन, लालबहादुर थापा, यज्ञबहादुर बोगटी, रेखाकुमारी, पवित्रा निरौला र मीना पाण्डेले सरकारको नीति तथा कार्यक्रमको पक्ष विपक्षमा आआफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ ११ गते बिहान १० बजे बस्नेछ ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१