मिस सी क्वीन सिजन-४ हुँदै

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५
see queen

पोखरा, ९ जेठ। द लुक्स फेसन होम एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिको आयोजनामा जेठ अन्तिम साता पोखरामा मिस सी क्वीन सिजन-४ हुँदैछ।

सो प्रतियोगितामा अन्तिम राउण्डका लागि छानिएका प्रतिष्पर्धीहरु यतिखेर विभिन्न तालिममा व्यस्त छन्।

प्रतिष्पर्धीमा रोजिना केसी, पूजा बास्तोला, समीक्षा पौडेल, प्रेरणा गुरुङ, सुप्रिमा तुलाधर, नवीना तामाङ, अनिशा श्रेष्ठ, सोनी पौडेल, एलिना श्रेष्ठ, प्रियंका कार्की र दीया गुरुङ गरी ११ जना छन्। एसर्इइ सकेर बसेका उनीहरुलाई आत्मविश्वास बढाउने तथा सीपमूलक तालिम दिइएको संस्थाका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले जानकारी दिए।

कोरियोग्राफर सुरक्षा गुरुङ, डा रामजी शर्मा, बाबुराम सुवेदी लगायतले विभिन्न तालिम दिँदैआएका छन्। यस्तै, उनीको पर्यटकीय क्षेत्र जोमसोममा फोटोसूट भएको छ भने पोखरा टेलिभिजनमा अन्तर्वार्ता, न्यू ग्यालेक्सी स्कूलमा स्वागत, फुड कम्पिटिसन गरिएको छ। प्रतियोगिताको ट्यालेन्ट राउण्ड जेठ १९ गते हुनेछ । फाइनल रानीपौवास्थित रञ्जित इभेन्ट सेन्टरमा जेठ २६ गते हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै