महिलालाई कानूनी अधिकारसम्बन्धी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७५
mahila photo

पोखरा, २२ वैशाख। महिला समाज सेवा समिति पोखरा लेखनाथ महानगरपालिका वडा ४ द्वारा आयोजित महिलाको कानूनी अधिकारसम्बन्धी प्रशिक्षण सम्पन्न भयो।

वैशाख १७ देखि २१ गतेसम्म भएको पाँचदिने प्रशिक्षणमा ५० जनाको सहभागिता थियो। प्रशिक्षणमा अधिवक्ता गीता आचार्यले नेपालको संविधानमा भएका शासकीय स्वरुप र अधिवक्ता विष्णुप्रसाद पराजुलीले नयाँ मुलुकी ऐनबारे प्रशिक्षण दिएका थिए।

समिति सल्लाहकार देवीप्रसाद पराजुलीले महिला आफ्नो अधिकारमा सचेत र जानकार हुनुपर्नेमा जोड दिए।

महिला समाज सेवा समिति अध्यक्ष रमाकुमारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नर्वदा पराजुलीले स्वागत र  सचिव सविता पराजुलीले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै