समाजसेवी गुरुङ सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
Durga Gurung PHoto

पोखरा, ६ वैशाख। तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीद्वारा समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ सम्मानित भएका छन्।

समाजसेवी गुरुङलाई गुरुङ समुदायको विकास र उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

तमु ट्हो ह्युल हङकङका सल्लाहकार रहेका समाजसेवी गुरुङलाई तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य चेतबहादुर गुरुङले सम्मानपत्र र फेटासहित सम्मान गरे।

समाजसेवी गुरुङ मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डीजी इन्टरनेशनल प्रालिका अध्यक्ष समेत छन्। कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्यद्वय जितबहादुर गुरुङ र विष्णु गुरुङले पनि बोलेका थिए।

परिषद्का कास्की जिल्ला अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशबहादुर गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width