शिक्षा तथा समाजसेवी हेरम्ब अब महाकाव्यमा

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
ranjan

पोखरा, २४ चैत । कोइराला सेवा समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको १८ औं वाषिर्क साधारण सभा अवसरमा शनिबार हेरम्ब महाकाव्य विमोचन गरिएको छ ।

कवि रामनाथ अधिकारी संगीद्वारा रचित समाजका अगुवा शिक्षासेवी हेरम्व कोइरालाको जीवनीमा आधारित सो महाकाव्य संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले विमोचन गरेका हुन् ।

महाकाव्यमा ५ सय ९२ पृष्ठ, २ हजार ६ सय ३० श्लोक र २५ वटा छन्द छन् ।

कृति विमोचन गर्दै प्राडा कुलप्रसाद कोइरालाले कुनै पनि असल व्यक्तिको जीवनी लेखिनु सकारात्मक कदम भएको बताए । उनले हेरम्ब महाकाव्य जीवित मान्छेको तस्वीर भएको ब। कृतिमाथि टिप्पणी गर्दै प्रा नारायणप्रसाद अधिकारीले हेरम्बको नाममा लेखिएको महाकाव्यमा रचनाको हिसाबले तलमाथि भए पनि सम्झनालायक पुस्तक तयार भएको बताए ।

प्राडा माधव भट्टराईले मानिसलाई मरेपछि गुनगान गाउनुभन्दा जीवित छँदै उसको बारेमा केही बोल्नु र लेख्नु राम्रो हुने बताए ।

सो अवसरमा सांसदद्वय दीपक र प्रभा कोइरालासहित समाजका उत्कृष्ट अंक ल्याएर विद्यावारिधी गर्ने छोराछोरी, विभिन्न सामाजिक व्यक्तित्वलाई सम्मान र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

समाजका अध्यक्ष देवदत्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष देवदत्त कोइराला, सचिव प्रकाश कोइराला र कोषाध्यक्ष वसन्त कोइरालालेे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width