महिलासँगै प्रहरी हवल्दार ठगी प्रकरणमा मुछिए

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७४

पोखरा, १४ चैत । लाखौं रकम ठगी आरोपमा एक महिला समातिएपछि प्रहरी हवल्दार समेत यस प्रकरणमा मुछिएका छन् ।

कास्की दाङसिङ घर भई पोखरा २ बस्ने निशु परियार(थापा भनेर चिनाउने) सँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप प्रहरी हवल्दार सुमन अधिकारीलाई लागेको हो ।

हवल्दार अधिकारी पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित बाल सुधार गृहमा कार्यरत छन् । एक हप्ता अघिसम्म उनी जिल्ला प्रहरी कार्यालयमै रहेको बुझिएको छ । जबर्जस्ती करणी मुद्दामा गृहमा रहेका १४ वर्षीय बालक भागेपछि प्रहरी टोली परिवर्तन गर्दा अधिकारी त्यहाँ पुगेका थिए । ३५ वर्षीय प्रहरी हवल्दार अधिकारीको घर गोर्खा आरुपोखरी रहेको बुझिन आएको छ ।

सापट माग्ने, ब्याज दिन्छु भन्दै धेरैजनासँग रकम लिएको मौखिक उजुरी परेेको र घटनामा प्रहरी हवल्दारको संलग्नता रहेको आरोप आएपछि सोधपुछ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले पुष्टि गरे ।

‘मौखिक उजुरी परेपछि सोधपुछका लागि महिलालाई नियन्त्रणमा लियौं । यसमा मुछिएपछि हवल्दारलाई पनि सोधपुछ गरेका हौं । लाखौं, करोडौं प्रहरीले ठग्यो भन्ने समाचार गलत हो । अनुसन्धान भइरहेको छ’ डिएसपी खत्रीले बताए । उनले प्रहरी हवल्दारलाई हिरासतमा राखेको कुरा पनि नकारे । उनले कति जनाको कति रकम खाएको भन्ने अझै नखुलेको बताए ।

प्रहरीका अनुसार रकम लिएर फिर्ता नदिएको भन्दै स्थानीय सुकमाया गुरुङ पनि जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । उनले १५ लाख रुपैयाँ ठगी गरेको बताएकी छन् । यद्यपि, ठगिएकाले किटानी जाहेरी नदिएकाले कसको कति रकम ठगी भयो भन्नेबारे खुलेको छैन । मौखिक शर्तका आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीहरु बताउँछन् ।

शुरुमा निशुले चिनजान गर्ने र सम्बन्ध बाक्लो बनाउँदै गएपछि ब्याजमा पैसा माग्ने गरेको पीडित बताउँछन् । पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको ठगिएकाको भनाइ छ । कागज गरेरमात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ? हामीले दिन्छौं भनेर दबाब दिने गरेको उनीहरुले बताएका छन् । धेरै समयसम्म पैसा नदिएपछि ठगिएको महसुस गरी उजुरी गरेको पीडित भनिनेहरुको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width